Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

  • हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ ।

    बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।

    त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij