Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

हिमालयन बैंकको खुद नाफा ३१.२२ प्रतिशतले घट्यो

हिमालयन बैंकको खुद नाफा ३१.२२ प्रतिशतले घट्यो

  • काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३१.२२ प्रतिशतले थोरै हो ।

    खुद ब्याज आम्दानी प्रभावित हुँदा यसको नाफा घटेकोे हो । समीक्षा अवधिसम्म यस बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा २२.८८ प्रतिशतले थोरै हो ।

    हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २० अर्ब ७४ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०९ पैसाले घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij