Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घट्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घट्यो

  • काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा ३.८२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।

    खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । 

    यसको  खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ ।
    प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ । 
    असोज मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब २९ करोड १४ लाख रुपैयाँ छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij