Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नबिल बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोडभन्दा बढी खुद नाफा कमायो

नबिल बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोडभन्दा बढी खुद नाफा कमायो

  • काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले धेरै हो ।

    बैंकको सञ्चालन नाफा ३६।०९ प्रतिशतले बढोत्तरी हुँदा मुनाफा बढ्न पुगेको छ । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ ।

    यस बैंकको इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ ।
    हाल यस बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij