Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमाससम्म ८६ करोडभन्दा बढी नाफा कमायो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमाससम्म ८६ करोडभन्दा बढी नाफा कमायो

  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४ दशमलव १७ प्रतिशत बढी भएको हो । 

    गत वर्ष यस अवधिसम्म कम्पनीले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कम्पनीले इम्पेरमेन्ट चार्ज बापत् ५ करोड ७१ लाख ९८ हजार रुपैयाँ फिर्ता पाएको छ । 
    हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । रिटर्न अर्निग ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने ८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कायम छ । पहिलो त्रैमाससम्म बैंकले १ खर्ब १३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरको छ भने ८१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij