Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सिईडिबि हाइड्रोपावरको खुद नाफा २०२.२८ प्रतिशतले बढ्यो

सिईडिबि हाइड्रोपावरको खुद नाफा २०२.२८ प्रतिशतले बढ्यो

  • काठमाडौँ ।  सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.२८ प्रतिशत बढी हो। 
    कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ४२.७२ प्रतिशत र कुल खर्च ४१.३९ प्रतिशत बढेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २० रुपैयाँ ८० पैसा बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij