Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

आज समता घरेलु लघुवित्तको एफपीओ खरीदका लागि आवेदन दिने  अन्तिम दिन

आज समता घरेलु लघुवित्तको एफपीओ खरीदका लागि आवेदन दिने  अन्तिम दिन

  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्रीमा ल्याएको हो ।

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो । कम्पनीका अनुसार संस्थापक तर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाा बराबरको एफपीओ विक्री गर्न लागिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij