Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन थप हिरासतमा राख्न पाउने कास्की जिल्ला अदालतको आदेश

रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन थप हिरासतमा राख्न पाउने कास्की जिल्ला अदालतको आदेश

  • काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १० दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् ।मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । 

    जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ ।कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।रास्वपाका कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केहीलाई गिरफ्तार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij