Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

  • ढोरपाटन ।  बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । 

    दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

    हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताउनुभयो । उहाँका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij