Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही

कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही

  • काठमाडौँ ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन ९कोप–२९०मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताउनुभएको छ ।

    नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मन्त्रालयले संसदीय समितिबाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालासँग गरेका छलफल, कार्यशाला तथा अन्तक्र्रियाबाट प्राप्त सुझाव र विज्ञहरुले कोप–२९ का लागि तयार भएका विषयगत पत्रहरुको आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ ।” कोप–२९ यही  नोभेम्बर ११ देखि २२ सम्म अजÞरबैजानको बाकु सहरमा हुँदैछ ।

    यस पटकको कोप–२९ मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदै छ । मन्त्री शाहीले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद्को तेस्रो बैठकको मार्गनिर्देशन र जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनका सुझाव समेतलाई मध्यनजर गरी कोप–२९ मा समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित हुन आवश्यक रहेकोले यी विषयहरु नेपालले बहुपक्षीय तथा दुई पक्षीय वार्तामा उठाउने गरी मन्त्रालयले तयारी गरेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, यहाँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयका कार्यवाहक आवासीय संयोजक एलिस अकुंगा, वन मन्त्रीका सल्लाहकार जलवायुविज्ञ डा माधव कार्की, आयोजक संस्थाका अध्यक्ष डा अर्जुन कार्की, फेकोफनका अध्यक्ष ठाकुर भण्डारीलगायतले नेपालमा जलवायु परिवर्तनले गरेको असर र नेपालले कोप–२९ मा उठाउनुपर्ने विषय तथा मुद्दाका बारेमा सुझाव दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij