Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण सभा कात्तिक २५ गते , १०.५२६ प्रतिशत लाभांश पारित गर्ने

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण सभा कात्तिक २५ गते , १०.५२६ प्रतिशत लाभांश पारित गर्ने

  • काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते आइतबार वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा बैंकले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

    साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ । 

    सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij