Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

काठमाडौँ प्रहरीद्वारा सुनजस्तो पहेलो धातुसहित मानिस पक्राउ

काठमाडौँ प्रहरीद्वारा सुनजस्तो पहेलो धातुसहित मानिस पक्राउ

  • काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले नागढुंगा प्रहरी विभागबाट खटिएको टोलीले सुनजस्तो पहेलो धातुसहित एक जना पक्राउ गरेको जनाएको छ ।चन्द्रागिरि नगरपालिका वडा न २ नागढुंगास्थित चेकजाँच हुने ठाउँमा नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको यात्रु वाहक बसको अन्तिम सिटमा सवारभई आएका एलिस ढकाललाई लुकाइछिपाई ल्याएको सुनजस्तो पहेलो धातुको दुई टुक्रासहित पक्राउ गरिएको परिसरले जनाएको हो ।

    sun pakrau.png

    कार्तिक २१ गते चेकजाँचको क्रममा उनको कालो झोलाबाट कालोरंगको टेपले बेरेर ल्याइएको अवस्थामा पाइएको सो वस्तुसहित पक्राउ परेका कैलाली टिकापुर नगरपालिका वडा न ४ बस्ने एलिस ढकाल र उनको साथबाट बरामद भएका पहेलो धातुका दुई टुक्राका बारेमा अनुसन्धान भई रहेको परिसरका सूचना अधिकारी नवराज अधिकारीले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij