Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन खुलेर लागेका अर्बपति मस्कद्वारा स्याटेलाइट इन्टरनेट सेवाका लागि वातावरण बनाइदिन सरकारसँग आग्रह

अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन खुलेर लागेका अर्बपति मस्कद्वारा स्याटेलाइट इन्टरनेट सेवाका लागि वातावरण बनाइदिन सरकारसँग आग्रह

  • काठमाडौँ । अमेरिकी डलर खर्बपति एलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा शुरु गर्न पाउने  अनुमतिको आग्रह गरेको छ ।नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भएकाले स्टार लिंकले सहज रुपमा सेवा दिने वातावरण बनाउन पहलको आग्रह गरेको हो ।स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यलिएर काम गरिरहेको छ ।स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे जानकारी गराएको छ । त्यसमा सो प्रतिनिधिमण्डलले प्रिजेन्टेसन र डेमो दिएको छ । 

    नेपालस्थित अमेरिकी दूतावासका केही अधिकारीहरुले नै लामो समयदेखि स्टारलिंकलाई नेपाल भित्रिन दिन पहल गरिरहेका थिए । स्टारलिंकको प्रधानमन्त्रीसँगको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उच्च अधिकारीहरु पनि सामेल थियो ।स्रोतका अनुसार कम्पनीले इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा नभई ‘टे«डिङ’ कम्पनीका रुपमा नेपालमा आउने इच्छा व्यक्त गरेको छ । नेपालमा स्टारलिंकले छुट्टै विदेशी लगानी लिएर आउनुपर्ने अवस्था नरहेको र सम्बद्ध डिभाइस बिक्री गरेर सेवा दिन मात्रै अनुमति आवश्यक रहेको छ । त्यसैले वातावरण बनाउन भनिएको हो ।इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दर्ता भएर आउनुभन्दा पनि स्टारलिंकको सेवाका लागि आवश्यक केही डिभाइस बिक्री गर्ने कम्पनीका रुपमा मात्रै स्टारलिंक आउन चाहेको देखिएको छ । 

    तर, नेपालको दूरसञ्चारसम्बद्ध कानुनले भने इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पुरा गरेर लाइसेन्स लिएर सेवा शुल्क बुझाउनुपर्नेसहितका व्यवस्था गरेको छ । हालको कानुनअनुसार स्टारलिंक नेपालमा २० प्रतिशत साझेदार राखेर विदेशी लगानीकर्ताका रुपमा नेपाल भित्रिन सक्छ । त्यस्तो कम्पनीले आवश्यक नेपाल दुरसञ्चार प्राधिकरणबाट तोकिएको शुल्क बुझाएर दूरसञ्चार सेवाको अनुमतिपत्र लिनुपर्छ र प्रक्रिया पूरा गरेर मात्रै सेवा दिनसक्छ ।स्टारलिंक नेपालमा सेवा थाल्ने वातावरण बनाइदिन माग गर्दै झण्डै २ वर्षदेखि लगातार छलफलमा छ । हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र स्टारलिंकको मालिक  मस्कबीच गहिरो मित्रता छ । मस्कले ट्रम्पको चुनावी अभियानलाई खुलेर सघाएका थिए । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij