Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

पर्सा प्रहरीले बिल बीजक भन्दा बढी लोड गरिएको ८५ लाख भन्दा बढीको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझायो

पर्सा प्रहरीले बिल बीजक भन्दा बढी लोड गरिएको ८५ लाख भन्दा बढीको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझायो

  • काठमाडौँ । पर्सा प्रहरीले बिल बीजक भन्दा बढी लोड गरिएको ८५ लाख बढी औषधि तथा खुद्रा मालवस्तुसहितको ट्रक समातेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघर चोकबाट बिल बीजक भन्दा बढीको खुद्रा तथा औषधि लोड गरिएको ना ६ ख ५५१ नम्बरको मालवाहक ट्रक प्रहरीको एक टोलीले नियन्त्रणमा लिएको जनाएको हो ।

    ppolice 11.png

    विशेष सूचनाको आधारमा कार्तिक २५ गते राति साढे नौ बजेको समयमा त्यो ट्रक नियन्त्रणमा लिइएको थियो । वीरगञ्जबाट कैलाली तर्फ लैजान लागिएको सो ट्रकमा अन्दाजी ८५ लाख ७० हजार २ सय ४० रुपैयाँ बराबरको मालवस्तु रहेको थियो । मालवस्तुसहितको सो ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जनाएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij