काठमाडौँ । काठमाडौँ प्रहरीले ११ टुक्रा सुनजस्तो देखिने पहेलो धातु सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा न २ नागढुंगास्थित चेक प्वोइन्टमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने वर्ष २७ का कनैया लाललाई ११ टुक्रा सुनजस्तो देखिने पहेलो धातुसहित पक्राउ गरिएको जनाइएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले जनाए अनुसार मान्यता प्राप्त तराजुमा ती ११ टुक्रा सुन जस्तो देखिन धातुको तौल ३५६ ग्राम रहेको छ ।

बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको यात्रुवाहक बसको बी साइडको १४ नम्बर सिटमा सवार भई आएका कनैया लालको शंका लागि चेकजाँच गर्दा ११ टुक्रा पहेलो धातु फेला परेको जनाएको छ ।चेकजाँच गर्दा कनैया लालले गुप्ताङमा कार्बनको कागज बाहिर खैरो रंगको टेपले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारिएको र प्रहरी वृत थानकोटमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij