Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप संकलन गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार ५० अर्बको निक्षेप संकलन गर्न लागेको छ ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५० अर्ब निक्षेप संकलनसम्बन्धी बोलकबोलका लागि कार्तिक २८ गते अपराह्न २ बजेसम्मको समय तोकी यस्तो आह्वन गरेको हो ।राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ यस बैंकले देहायबमोजिमका विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    सो सूचनामा निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने  उल्लेख गरिएको छ ।निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र व्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने पनि जनाइएको छ ।बोल गर्न सकिने रकमको हकमा  घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाइएको छ । साँवा तथा व्याज भुक्तानी मिति २०८१ मंसिर १९ गते रहेको जनाउँदै यो निक्षेप संकलनको सूचना निकालिएको हो । यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

     निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बांडफांड गरिनेछ ।समान व्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो राटा बेसिस मा बाँडफांड गरिनेछ ।आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहनेछ ।स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।

    बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित व्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी प्रोटफोलिओ हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न पाइने छैन। तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने एसएलआर  तथा लिक्विडिटी रेसियो  मा गणना गर्न पाइनेछ ।संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा समयपूर्व ( प्रि म्याच्योर ) भुक्तानी हुने छैन । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij