Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको पत्रकार सम्मेलनबाट सर्वत्र चौतर्फी उत्सुकता बढ्दो

प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको पत्रकार सम्मेलनबाट सर्वत्र चौतर्फी उत्सुकता बढ्दो

  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार  पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।प्राधिकरणको बोर्डले  डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता महशुल नतिर्ने उद्योगीहरूको काटिएको विद्युत लाइन जोड्न गरेको निर्णयको एक दिन पछि घिसिङले यो पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । उद्योगीहरूले बक्यौता रकम नतिरेसम्म लाइन नजोड्ने अडान लिएका कार्यकारी निर्देशक घिसिङलाई सरकारले उनलाई दुई पटक स्पष्टीकरण सोधी सकेको छ ।घिसिङलाई सोधिएको स्पष्टीकरण उनलाई पदबाट हटाउन कुनै बाटो नभएपछि सरकारले अन्तिम उपाय अपनाएको आमरूपमा चर्चामा रहेको छ ।

    ऊर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङलाई हटाउन नभई आवश्यक जानकारी लिनका लागि स्ष्टीकरण सोधिएको एक प्रश्नको जवाफमा भने पनि अन्त्र्य भने घिसिङलाई हटाउन नै यो कदम चालिएको आम बुझाइ रहेको छ ।आमरूपमा लोडसेडिङबाट उज्यालो तर्फ देशलाई डो¥याएको र बिजुलीको व्यापार तेस्रो मुलुकसम्म गर्न मुख्य भूमिका घिडिसङले खेलेकोले राजनीतिकरूपमा उनलाई भिलेन बनाउन खोजिएको कतिपय प्राधिकरणका कर्मचारीहरूको भनाइ रहेको छ ।त्यहाँका दुई कर्मचारीहरूले पनि बक्यौता तिर्न सुनिश्चित नभएसम्म लाइन जोड्न नहुने पक्षमा अभिमत सार्वजनिक गरी जोडिए आन्दोलन  गर्ने चेतावनी दिएका छन् ।यही बीच कुलमानको पत्रकार सम्मेलनले चौतर्फी जिज्ञासा बढाएको प्राधिकरणका कर्मचारीहरूले बताउन थालेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij