Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

रेमिट्यान्स सेवा दिने कम्पनीहरूमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबै भन्दा बढी कर बुझाउने कम्पनीको रूपमा सम्मानित

रेमिट्यान्स सेवा दिने कम्पनीहरूमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबै भन्दा बढी कर बुझाउने कम्पनीको रूपमा सम्मानित

  • काठमाडौँ । सरकारले सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्सलाई उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷८० को आय विवरण अनुसार रेमिट्यान्स  तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।आन्तरिक राजस्व विभागले  कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

    आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा सञ्चालन गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा पनि सञ्चालनमा ल्याएको छ । साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्याुप्रसाद पौडेलले सम्मानबाट सम्मनित गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij