Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शेयर बजार : नेप्से सूचक ३.२१ अंकले उकालो, कारोबार रकम ३ अर्ब ६२ करोड

शेयर बजार : नेप्से सूचक ३.२१ अंकले उकालो, कारोबार रकम ३ अर्ब ६२ करोड

  • काठमाडौँ । सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३.२१ अंकले वृद्धि भई २,५६५.१६ अंकमा पुगेको छ। यो ०.१२ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा कुल कारोबार रकम ३ अर्ब ६२ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेको छ।

    आज बजारमा १४२ कम्पनीका सेयर मूल्य बढेका, १०२ कम्पनी घटेका, र १० कम्पनी स्थिर रहेका छन्।

    टप गेनर्समा अग्रस्थानमा शाइन रेसुर्सेज डेभलपमेन्ट बैंक (SHINED) रह्यो, जसको मूल्य १०० अंक (१०%) बढेर १,१०० रुपैयाँमा पुगेको छ। त्यसैगरी, बन्दीपुर केबलकार (BANDIPUR), माबेल (MABEL), सागर फाइनान्स (SAGAR), र बुङ्गल हाइड्रो (BUNGAL) पनि लगभग १० प्रतिशत नाफामा रहे।

    सबैभन्दा बढी कारोबार (टर्नओभर) भएको कम्पनीमा साहस उर्जा लिमिटेड (SAHAS) अग्रणी रह्यो, जसको कारोबार रकम ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यसपछि राधी हाइड्रो (RADHI), एनआरएन इन्फ्रास्ट्रक्चर (NRN), शिवम् सिमेन्ट (SHIVM) र स्पडेल (SPDL) क्रमशः उच्च कारोबार भएका कम्पनी बने।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij