Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

चुरे संरक्षणका नाममा अर्बौँ रकम र दश वर्षे समय खर्चिए पनि फुटेन पानीको मुहान

चुरे संरक्षणका नाममा अर्बौँ रकम र दश वर्षे समय खर्चिए पनि फुटेन पानीको मुहान

  • काठमाडौँ । चुरे संरक्षणका लागि सरकारले अर्बौँ खर्चेको भएपनि त्यस क्षेत्रका बासिन्दाहरूलाई पानीको चरम अभावबाट उत्पन्न समस्याको सामना गर्नु परिरहेको छ ।पानीको चरम अभाव सामना गरिरहेकाहरूले काठमाडौँको माइतीघर मण्डलमा धर्ना बसेर सरकारलाई घचघचाउने काम पनि गरेका हुन् ।चुरे क्षेत्र संरक्षणका लागि सरकारको लगानी बालुवामा पानी खन्याएजस्तो भएको सरोकारवालाहरूले बताउने गरेका छन् ।सरकारले नदी, खोला लगायत चुरे संरक्षणका लागि विभिन्न योजना ल्याएको छ । तिनैमध्ये ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ पनि एक हो । 

    चुरे संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्न आर्थिक वर्ष २०६६÷६७ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ ल्याइयो । त्यसको करिब चार वर्षपछि२०७१ असार २ गते ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरियो । यही योजनालाई २० वर्षीय गुरुयोजना बनाइएको छ ।समितिका अध्यक्ष डा. किरण पौडेलले जानकारी सार्वजनिक गरे अनुसार २० वर्षीय गुरु योजनामा पनि पाँच–पाँच वर्षीय कार्य विभाजन गरिएको छ । पहिलो पाँच वर्षमा ६४ वटा नदी प्रणालीको एकीकृत व्यवस्थापन गरिने छ । दोस्रो पञ्चवर्षीयमा  चुरेले समेटेका ३७ जिल्लाका जिल्ला स्तरीय योजना समावेश गरिएकोे छ । 

    पर्सा जिल्लाका कतिपय गाउँपालिकाहरूमा राखिएका चापकल १५० देखि २७५ फिट गहिरोमा भएर पनि पानी आउँदैन् । २७५ फिटका चापकलबाट अलि अलि पानी आउने गरेको माइतीघर मण्डलमा आन्दोलन गरेकाहरूको भनाइ छ ।२० वर्षीय आयोजना आधा अवधि बितिसकेको छ । आर्थिक वर्ष २०७१÷०७२ देखि ०८१÷०८२ सम्म १६ खर्ब १२ करोड रूपैयाँ बजेट निकासा भएको देखिन्छ ।

    खर्च र समय अवधिको आधारमा प्रगति विवरण सन्तोषजनक देखिएको छैन् ।आयोजनाले असोज मसान्तमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चुरे क्षेत्रमा दुई लाख ४० हजार बिरुवा (उत्पादन गरेर वा किनेर) रोप्ने लक्ष्य लिइएकामा असोजसम्म १९ हजार बिरुवा उत्पादन कार्य भइरहेको छ । यसैगरी ५२ वटा ताल–तलैया तथा सिमसार क्षेत्रको व्यवस्थापन गर्नुपर्नेमा असोजसम्म चारवटा सिमसार क्षेत्रको व्यवस्थापन कार्य सुरु गरिएको छ ।कार्यको सुस्तता खर्चको विवरणले चुरे संरक्षण कार्यक्रमबाट पानीको मूल फुटाउने नभई भ्रष्टाचारको इनार कुवा खनाउने काममा ध्यान दिइरहेको पीडितहरूको गुनासो छ ।आम जनता सामेल भएका क्षेत्र र परियोजनामा भएका भ्रष्टाचारका समाचारहरूले चुरे क्षेत्र संरक्षणमा पनि यस्तै भएर पानीको मूल फुटाउन नसकिएको उनीहरू बताउँछन् ।

    जनकपुर नगरपालिकाकाका एक बासिन्दाका अनुसार चार सय फिटमा चापाकल गाडेपछि बल्ल पानी आएको छ । डेढसय सम्मका चापाकल मध्ये अधिकांश सुकेका छन् । समय अनुसार पानी जम्मा भएपछि कतिपय चापाकलमा मोटर लगाउँदा पानी आउने गरेको उनीहरूको भनाइ रहेको छ ।चुरे क्षेत्रका भौगोलिक तथा पर्यावरणीय जानकारहरूका अनुसार पछिल्लो समय चुरे क्षेत्रमा आवादी बढ्नु, वन क्षेत्र विनाश हुनु, क्रसर उद्योग बढ्नु र अव्यवस्थित रूपमा भौतिक पूर्वाधारको विकासले  जमिनमुनिको पानी सकिँदै गएको छ । अर्कोतर्फ पानीलाई तानेर राख्ने रुख भएका वनजंगल बनिसकेको छैन् । अर्कोतर्फ  ठुला उद्योग, कलकारखाना तथा होटलहरूले झन् डिप बोरिङ गरेरै पानी निकालेका छन् । उनीहरूका अनुसार, सरदर १५ सय मिटर उचाइ देखि १९ सय मिटरसम्मको उचाइमा चुरे क्षेत्र रहेको छ । यहाँका वनजंगल विगतमा मासिएकाले अहिले समस्या आएको छ । यसको संरक्षण गर्न नसकिए पहिले चुरे दक्षिणका क्षेत्र मरुभूमि बन्ने छ भने पहिरोले पहाड भासिने छ । यसका लागि पनि चुरे संरक्षणको आवश्यकता बढेर गएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij