Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राष्ट्र बैंकको १ वर्षको आम्दानी ७३ अर्ब ७६ करोड, सरकारलाई ३७ अर्ब २२ करोड दिने

राष्ट्र बैंकको १ वर्षको आम्दानी ७३ अर्ब ७६ करोड, सरकारलाई ३७ अर्ब २२ करोड दिने

  •  

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड खुद आम्दानी गरेको जनाएको छ ।  जुन अघिल्लो आर्थि वर्षको तुलनामा २१।९६ प्रतिशतले बढी हो । १ वर्षको अवधिमा झण्डै ७४ अर्ब आम्दानी गरेको राष्ट्र बैंकले सरकारलाई ३७ अर्ब २२ करोड उपलब्ध गराउने निर्णय गरेकोे छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाएका हुन् । 

    कात्तिक २९ गते बैंकको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्याएर बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको गभर्नर अधिकारीले जानकारी गराए । राष्ट्र बैंकले  विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ-हानि समायोजन अघि गत आर्थिक वर्षमा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद आम्दानी गरेको जनाएको छ । साथै  सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको जनाएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य रहेकोमा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७।७४ प्रतिशत रहेको थियो ।

    गत आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३।० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६।१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij