Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

  • काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ।

    आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ। त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ।

    यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो। अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ।

    जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ।

    उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij