Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

उद्योगीलाई प्राधिकरणबाट पठाइएको बिजुली भुक्तानी बिल अध्ययन गर्न उर्जामन्त्रीद्वारा समिति गठन

उद्योगीलाई प्राधिकरणबाट पठाइएको बिजुली भुक्तानी बिल अध्ययन गर्न उर्जामन्त्रीद्वारा समिति गठन

  • काठमाडौँ । ऊर्जा मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइनको विषयमा नेपाल विद्युत प्राधिकरणले काटेको बिलको विषयमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा. अरविन्द मिश्रको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका प्रवक्ता  चिरञ्जिवी चटौतले जानकारी सार्वजनिक गरेका हुन् ।

    समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट (सीए) सुजनकुमार काफ्ले र प्राधिकरणका पूर्व कर्मचारी श्रीराम राज पाण्डेलाई समावेश गरिएको छ । काफ्ले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष हुन् भने दुई महिनाअघि अवकाश पाएका पाण्डे प्राधिकरणको ग्रिड सञ्चालन विभागमा  कार्यरत थिए।

    उनका अनुसार प्राधिकरणले उद्योगीलाई पठाएको बिलको अध्ययन गर्ने गरी यो समिति बनाइएको हो । त्यही अध्ययनका आधारमा समितिले प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ। प्रतिवेदन बुझाउने समय भने नतोकिएको जनाइएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij