Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

डिजिटलाइजेशन नीतिगत विपरीत बजारमा नोट प्रवाह बढ्दै, असार मसान्तसम्म ६ खर्ब ९० अर्ब बढी रकमका नोट चलनचल्तीमा

डिजिटलाइजेशन नीतिगत विपरीत बजारमा नोट प्रवाह बढ्दै, असार मसान्तसम्म ६ खर्ब ९० अर्ब बढी रकमका नोट चलनचल्तीमा

  • काठमाडौँ । डिजिटलाइजेशन द्रुतगतिमा बढाइने सरकारको नीतिसँग अमिल्दो प्रवृति नोट प्रवाहमा देखिएको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू पठाएको देखिएको छ ।तुलनात्मकरूपमा ७५ प्रतिशत बढीका दरले नोट प्रवाह भएको देखिएको हो ।

    अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबर हुनेगरी ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू प्रचलनमा ल्याउन बजारमा पठाइएको थियो ।
    नोट प्रवाहमा भएको वृद्धि डिजिटलाइजेशन गर्ने नीतिगत निर्णयको विपरीत भएको सम्बद्ध क्षेत्रका विज्ञहरूको बुझाइ रहेको छ ।गत वर्षको तुलनामा यो रकम ७५ दशमलव २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष राष्ट्र बैंकले ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबरका विभिन्न दरका ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको थियो ।

    २०८१ असारसम्म ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबर हुने गरी विभिन्न दरका अर्ब ३७ करोड ७८ लाख ६० हजार ८३९ नोट बजारमा रहेको जनाइएको छ । २०८० असारसम्म ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबरको विभिन्न दरका ३ अर्ब २५ करोड ३० लाख ८७ हजार ५२८ नोट नोटहरू बजारमा थिए ।पछिल्लो १२ वर्षको तथ्यांकले नेपाली बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै  लगेको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७० असारसम्म २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब २७ करोड ६१ लाख २० हजार नोट बजारको चलनचल्तीमा थिए । 

    राष्ट्र बैंकका अनुसार विसं २०७१ असारमा २ खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५३ करोड २ लाख ५२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, विसं २०७२ असारमा नेपाली बजारमा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब ६९ करोड ६ लाख ७२ हजार नोट, विसं २०७३ असारमा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँका १ अर्ब ८४ करोड ८२ लाख १२ हजार नोट चलनचल्तीमा रहेको देखियो ।

    यसैगरी  नेपाली बजारमा विसं २०७४ असारमा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँका २ अर्ब १ करोड ९८ लाख ७२ हजार नोट, विसं २०७५ असारमा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँका २ अर्ब ३२ करोड २७ लाख ३४ हजार १८ नोट, विसं २०७६ असारमा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँका २ अर्ब २५ करोड ७७ लाख ५० हजार ५४६ नोट बजारमा थिए ।

    राष्ट्र बैंकका अनुसार वि.सं २०७७ असारमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँका २ अर्ब ६९ करोड ३२ लाख ६५ हजार ७७५ नोट, वि.सं २०७८ असारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँका २ अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ नोट र विसं २०७९ असारमा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ अर्ब ४६ करोड ८९ लाख १४७ नोट बजारमा प्रवाहित रहेका  थिए ।


    राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा १ रुपैयाँ दरका १६ करोड ९ लाख ८६ हजार ६०३ नोट चलनचल्तीमा छन् । तदनुसार  कुल रकम १६ करोड ९ लाख ८६ हजार ६०३ रुपैयाँ हुन आउँछ । यसैगरी २ रुपैयाँ दरका १८ करोड ५१ लाख १८ हजार ५२ रुपैयाँ बराबर हुने  ९ करोड २५ लाख ५९ हजार २६ वटा नोट बजारको प्रयोगमा छन् । नेपाली बजारमा ५ रुपैयाँ दरका ७४ करोड ८२ लाख २५ हजार ३७ नोट बजारमा छन् । यो कुल रकम ३ अर्ब ७४ करोड ११ लाख २५ हजार १८५ रुपैयाँ बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

    १० रुपैयाँ दरका ६० करोड ३१ लाख २३ हजार ९७४ नोट, २० रुपैयाँ दरका ४० करोड १२ लाख ३० हजार ९५१ नोट, २५ रुपैयाँ दरका २२ लाख ८१ हजार २९६ नोट, ५० रुपैयाँ दरका २८ करोड १६ लाख ४३ हजार ८९९ नोट बजारमा चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार १ सय रुपैयाँ दरका ३२ करोड ५३ लाख ११ हजार ८६८ नोट, २५० रुपैयाँ दरका ३ लाख ४९ हजार ६९१ नोट, ५ सय रुपैयाँ दरका २७ करोड ३७ लाख ९८ हजार ८३९ नोट र १ हजार रुपैयाँ दरका ४८ करोड ८३ लाख ४९ हजार ६५५ नोट बजारमा रहेका छन् ।बैंक विज्ञहरूका अनुसार  सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स बढ्दा नोटको सर्कुलेशन बढ्दै जाने बताउँछन् । सरकारको राजस्व संकलन र विभिन्न बण्ड जारी गर्दा बजारमा नोटको सर्कुलेशन घट्न सक्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij