Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने तयारीमा सरकार, अन्तार्वार्ता दिएकाहरू चार जना पुगेपछि क्याबिनेटमा लान सिफारिस गरिँदै

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने तयारीमा सरकार, अन्तार्वार्ता दिएकाहरू चार जना पुगेपछि क्याबिनेटमा लान सिफारिस गरिँदै

  • काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त रहेको पदमा  अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ । सरकारले सिफारिस गरिने तीन जना मध्ये एक जनालाई नियुक्त गर्ने भएको हो ।अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गर्ने भएको छ ।  त्यो सिफारिस अर्थमन्त्रीले सोमबारको मन्त्रिपरिषद् बैठकमा लाने तयारी गरिरहेका छन् ।

    सेबोन अध्यक्ष नियुक्तिका लागि परेका आवेदनहरूबाट सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको समितिले तीन जनाको नाम सिफारिस गर्न लागेको हो।सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ दुईजनाले यसअघि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गरेका थिए । बाँकी तीन जना मध्ये दुई जनाले अन्तवार्ताका लागि सहभागी भएपनि सिफारिश समितिलाई सिफारिश गर्न स्थिति बनेको हो ।

    यसअघि दुई पटक अनुपस्थित भएका सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्ता दिएका छन्। सेबोन अध्यक्षका लागि आवेदन दिएका बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ तेस्रो पटक पनि गयल भएका छन । अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि आइतबार बिहान चापागाईं, अधिकारी र कार्कीलाई बोलाइएको थियो।समितिले यसअघि गत असोज १८ गते अन्तर्वार्ताको मिति तोकेकामा समितिका संयोजक प्राडा. अधिकारी अचानक ‘बिरामी’ परेका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

    सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएकामा सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अघिल्लै सरकारका पालामा असार २ गते अन्तर्वार्ता दिएका थिए। अघिल्लो सरकारका पालामा चापागाईं, अधिकारी र कार्की भने २ पटकसम्म गयल भएका थिए।कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने तर दुईजना मात्र अन्तर्वार्तामा सहभागी भएका कारण समितिले यसअघि सिफारिस गर्न सकेन् ।

    अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले नियुक्ति गर्न कानुनी अड्चन नभएको राय दिए पनि सिफारिस समितिमा नै विवाद भएपछि प्रक्रिया रद्द भएको थियो।प्रक्रिया रद्द गरेको विरोधमा अन्तर्वार्तामा सहभागी सन्तोषनारायण सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन नै छ।सर्वोच्चले सुनुवाइका लागि माघमा पेसी तोकेको छ। त्यो बेलासम्म अध्यक्ष नियुक्त नगर्दा सेबोनका धेरै काम प्रभावित हुने भन्दै अर्थमन्त्री विष्णु पौडेलले राय मागेपछि महान्यायाधिवक्ता रमेश बडालले पनि प्रक्रिया अगाडि बढाउन मिल्ने पत्र पठाएपछि समितिले आइतबार अन्तर्वार्ता लिएको हो।सेबोन गत पुस २१ देखि अध्यक्षविहीन छ। प्रतिनिधि सभाको अर्थ समितिले तत्काल अध्यक्ष नियुक्त गर्न साउन २४ गते सरकारलाई निर्देशन दिएको थियो।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij