Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रधानमन्त्री ओलीद्वारा संयुक्तरूपमा एनपीएलको ट्रफी सार्वजनिक

प्रधानमन्त्री ओलीद्वारा संयुक्तरूपमा एनपीएलको ट्रफी सार्वजनिक

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सहभागी ८ टिमका मार्की खेलाडीहरुसँग मिलेर संयुक्तरूपमा   नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आज सोमबार बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताउँदै एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताए ।प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास  व्यक्त गरे ।सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले पनि गर्नुपर्ने जति प्रोत्साहन गर्न नसकेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij