Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सरकारले भन्सार दर घटाउँदा तोलामा करिब १६ हजारले सुनको मूल्य घट्यो

सरकारले भन्सार दर घटाउँदा तोलामा करिब १६ हजारले सुनको मूल्य घट्यो

  • काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामा करिब १६ हजारले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो अघिल्लो दिनको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटी हो ।

    अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको  महासंघले जनाएको हो ।सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

    भारतबाट सुन तस्करी भएर नेपालमा आउन नदिन यो निर्णय गरिएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी सार्वजनिक गरेका छन् । नेपालमा सुनमा भन्सार दर बढाइदिए पछि भारतको बजेटमा भन्सार दर घटाउँदा भारतमा सुन सस्तो हुन पुगेको थियो । यस आधारमा नेपाल भन्दा भारतमा २० हजारको हाराहारीमा सुन प्रतितोला सस्तिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij