Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटाइयो

मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटाइयो

  • काठमाडौँ । ठूलो ढुंगाकै स्वरूपमा आयात गरिने  मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटाइएको छ ।ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको सरकारसमक्ष गुनासो गर्दै आएका थिए ।सरकारले उद्योगीको माग सम्बोधन गर्न भन्सार र अन्तःशुल्क घटाएको हो ।

    ढिक्का वा पाताका रूपमा आयताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउने काम यसअघिको सरकारले गरेको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशतमा झारिदिएको छ भने अन्तःशुल्क शून्य गरिदिएको छ।

    यसैगरी  ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य  गरिएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij