Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सञ्चालक समितिले बिजुली लाइन नकाट्न निर्देशन दिएपछि कुलमानद्वारा  बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

सञ्चालक समितिले बिजुली लाइन नकाट्न निर्देशन दिएपछि कुलमानद्वारा  बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।

    यसअघि नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरी द्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । बोर्डले निर्णय  गर्न अघि  बिजुली नकाट्ने निर्णय विद्युत् नियमन आयोगले  गरेको थियो । यसरी दुईटा निकायले बिजुली नकाट्ने निर्णय गरेपछि कुलमानले ती उद्योगहरूको खाता रोक्का गर्ने बाटो बक्यौता असुल गर्न अपनाएका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij