Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न रियल टाइम सफ्टवेयर प्रयोगमा

कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न रियल टाइम सफ्टवेयर प्रयोगमा

  • काठमाडौंँ । नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न रियल टाइम सफ्टवेयर बनाएर प्रयोगमा ल्याएको छ।प्राधिकरणले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा सफ्टवेयर बनाएको हो। प्राधिकरणले  नयाँ प्रणाली प्रयोगमा ल्याएर निर्जीवन बीमा कम्पनीहरुलाई सफ्टवेयरमार्फत कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न निर्देशन दिएको छ।

    प्राधिकरणले कम्पनीहरुलाई पहिलो चरणमा कृषितर्फ तरकारी बीमालेख र पशुपन्छीतर्फ पशुधन बीमालेख अनिवार्य सफ्टवेयरमार्फत जारी गर्न निर्देशन दिएको हो। तरकारी बीमालेख र पशुधन बीमालेख सफ्टवेयरमार्फत जारी भएपछि त्यसको प्रभावकारिता हेरेर अन्य बीमालेखहरु जारी गर्न तथा मोबाइल एप संचालन लगायतका विषयमा समेत जानकारी गराइने प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij