Logo

Dec 02 2024 | २०८१, मंसिर १७गते

images

एनआइएमबि एस क्यापिटलको साधारण सभा  पुस ५ गते  , २५ प्रतिशत लाभांश प्रस्ताव गर्ने


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 171
    Shares

  • एनआइएमबि एस क्यापिटलको साधारण सभा  पुस ५ गते  , २५ प्रतिशत लाभांश प्रस्ताव गर्ने

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले पुस ५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि कम्पनीले सभाका लागि तय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस