Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Aug 02 2025 | २०८२, साउन १७गते
    एनपीएल

    काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    • नयाँ सडक
    • सोमबार, मंसिर १७ २०८१
  • 657
    Shares
  • 657
    Shares
  • काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
    काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।
    काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ््ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् । त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ ।
    यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् । यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ ।
    कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् । कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।  (रासस)
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा
    • २

      विधेयकमा दिइएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन : सञ्चारमन्त्री
    • ३

      नयाँसडक बुलेटिन : यस्ता छन् साउन १६ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ..
    • ४

      इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता
    • ५

      विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV