Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

  •  

    ठूलीभेरी । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । 

     

    विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभयो । 

     

    विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उहाँले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij