Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

  • बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका–११ गोल्पीङटार निवासी ५८ वर्षीय मन्ताज मियाँको मृत्यु भएको छ । आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकभन्दा पारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

    करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । यस्तै हेटौँडा–सिन्धुली–धरान सडकखण्डअन्तर्गत हेटौँडास्थित खोल्सामा यात्रुवाहक बस खसेर दुर्घटना हँुदा २२ जना यात्रु घाइते भएका छन् । 

    हेटौँडाबाट छतिवनतर्फ जाँदै गरको बा५ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट देखि करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । खोल्सामा बस खसेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले  घाइतको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल पठाइएको उहाँले बताउनुभयो । 

    त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित भिआइपी चोकमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । 

    चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५३४४ नम्बरको बसले बा९२प ३०५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ पेन्चे निवासी २७ वर्षीय अमर थिङ र पछाडि सवार २१ वर्षीय नवीन तितुङ घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घाइते दुवैको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्हरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij