Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन श्रमसम्बन्धी संयन्त्र लैजाने योजना बनाउँदै सरकार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन श्रमसम्बन्धी संयन्त्र लैजाने योजना बनाउँदै सरकार

  • काठमाडौँ । सरकारले गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सिलसिलामा श्रमसँग सम्बन्धित संयन्त्र लैजाने प्रतिबद्धता जनाएको छ ।भैरहवामा मेडिकल, म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउने सन्दर्भमा छलफल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी सार्वजनिक गरेका हुन् ।बुधबार श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा सरोकारवालाको बैठक भैरहवामा बस्यो ।

    उनका अनुसार बैठकमा नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णय कार्यान्वयन मार्फत यात्रुका लागि सहज रूपमा मेडिकल टेस्ट र म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउने सन्दर्भमा सर्वपक्षीय छलफल भएको छ ।यसबारे सम्बन्धित संस्थाका प्रतिनिधिबाट समेत प्रतिबद्धता प्राप्त भएको छ । यस सम्बन्धमा श्रम सचिव मुकुन्दप्रसाद निरौलाले समेत निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा कानुनी व्यवस्थामा गर्नुपर्ने परिमार्जन लगायत प्रक्रिया समेत अघि बढेको जानकारी सार्वजनिक गरेका छन् ।

    कार्यालय तर्फबाट महाप्रबन्धक तिवारीले उडान तथ्यांकको विश्लेषणात्मक प्रस्तुतीकरण दिँदै एक महिनामा फ्लाई दुबईले धेरै उडान गरेको र जजिराले धेरै यात्रु बोकेको जानकारी दिए ।पर्यटकीय उद्देश्यभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको उनले बताए । धेरै यात्रु कुवेतका लागि उडेका छन् । जजिराले नियमित उडान गर्छ । बजेट एयरलाइन्सले ‘फुल सर्भिस’ एयरलाइन्सको तुलनामा धेरै यात्रु बोकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij