Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि , शव आजै हस्तान्तरण गरिने

हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि , शव आजै हस्तान्तरण गरिने

  •  

    काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमासले कब्जामा राखेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि भएको छ। हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीसहित चार जना बन्दीहरूको मृत्यु भएको र उनीहरूको शव आजै इजरायललाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार मृतकहरूमा विपिन जोशी, गाइ इलुज, योसी शाराबी र ड्यानियल पेरेज रहेका छन्।

    शव हस्तान्तरणको यो प्रक्रिया इजरायल र हमासबीच भएको पछिल्लो सम्झौताअनुसार गरिएको बताइएको छ। सम्झौताअनुसार, इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने, जवाफमा हमासले कब्जामा रहेका मृतक बन्दीहरूको शव फिर्ता गर्नेछ।

    विपिन जोशी सुदूरपश्चिम अछाम जिल्लाका बासिन्दा थिए। उनी अध्ययनका सिलसिलामा इजरायल गएका थिए र हमासले गत वर्ष अक्टोबरमा इजरायलमा गरेको भीषण आक्रमणका क्रममा हराएका थिए।

    यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ, तर अझै पनि केही मृत इजरायली बन्दीहरूको शव उसको नियन्त्रणमै रहेको बताइएको छ। इजरायली अधिकारीहरूले सम्झौताअनुसार हमासले सबै मृतकहरूको शव फिर्ता गर्नुपर्ने बताएका छन्।

    नेपाली पक्षले पनि विपिनको अवस्थाबारे निरन्तर चासो देखाउँदै आएको थियो। अब विपिनको शव हस्तान्तरणपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याइने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij