Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य

सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य

  • संयुक्त राष्ट्रसङ्घ ।राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य सङ्कटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान गरेको छ ।

    ’बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरूरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल बताउनुभएको हो । 

    उहाँले भन्नुभयो, “हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरूरी छ।” 

    उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैङ्गिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ । 

    “हामीले सन् २०२५ मा १४६ देश र क्षेत्रका २१ करोड ३० लाख बालबालिकालाई मानवीय सहायताको आवश्यकता पर्नेछ । सहयोगका लागियो निकै ठूलो सङ्ख्या हो,” रसेलले भन्नुभयो ।”

    सहयोगका लागि युनिसेफको यो अपिल विश्वले मानवीय गतिविधिका कारण दीर्घकालीन आर्थिक सङ्कटको सामना गरिरहेको समय आएको छ ।

    गत वर्ष युनिसेफले ९।३ अर्ब अमेरिकी डलरका लागि अपिल गरेको थियो ।

    यो बर्ष सबैभन्दा बढी एक अर्ब अमेरिकी डलर बराबरको रकम अफगानिस्तानका लागि, त्यसपछि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, प्यालेस्टिनी क्षेत्र र लेबनानका लागि गरिएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए० ले ५७ देशका चार करोड ५० लाख महिला तथा बालिकालाई सहयोग गर्न एक अर्ब ४० करोड अमेरिकी डलरको आह्वान गरेको छ ।

    राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य निकायले आफ्नो गतिविधिको एक हिस्साको रूपमा अनुमानित ११ मिलियन गर्भवती महिलाहरूलाई सहयोगका लागि ‘मिडवाइफ’हरू तैनाथ गर्दछ । यसका लागि सन् २०२५ मा ‘तत्काल’ सहयोगको आवश्यकता पर्ने बताएको छ।

    युएनएफपीएकी कार्यकारी निर्देशक डा। नतालिया कनेमले भन्नुभयो, “हरेक द्वन्द्वग्रस्त क्षेत्र र विपतमा महिला तथा बालिकाले गम्भीर जोखिमको सामना गर्छन् । द्वन्द्वले उनीहरूको जीवन र कल्याणका लागि अत्यावश्यक सेवाहरूमा पहुँचलाई खतरामा पार्छ ।

    कनेमले भन्नुभयो, “कुनै पनि महिला बच्चा जन्माउने क्रममा ज्यान गुमाउन नपरोस् भनी हामी सबै मिलेर यो सहयोग रकमको जोहो गर्नु आवश्यक छ किनकि हरेक महिला, किशोरी वा बालबालिका सबैभन्दा विकट परिस्थितिमा पनि हानिबाट सुरक्षित रहन सकून् ।ू

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij