Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

नेशनल लघुवित्तसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दिए

नेशनल लघुवित्तसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दिए

  • काठमाडौं । एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् ।

    बुटवल पावर कम्पनी,नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । यी मध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरे प्रतिकित्ता रू।२०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको हो भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन । 

    बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस भन्दा अगाडि २०७४ माघमा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । 

    त्यस्तै नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । यस कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता,विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता र स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । स्वरोजगार र विजय लघुवित्तको विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ भने विन नेपाल लघुवित्तको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङग रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij