Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

आज मौसम : हिमपात र वर्षाको सम्भावना, चिसो बढ्दै

आज मौसम : हिमपात र वर्षाको सम्भावना, चिसो बढ्दै

  • काठमाडौँ । मौसमी प्रणालीमा हुने फेरबदलका कारण भोलि आइतबार र पर्सि सोमबार वर्षा तथा हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ ।

    महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर यो जानकारी दिएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एकदुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

    वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij