Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर

नगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर

  • सिरहा ।औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

    आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकसिमक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख बगालेसहित लेखा अधिकृत पुरूषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र बिक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद गौतम विरूद्ध आरोप पत्र दायर भएको हो ।

    अख्तियारले आर्थिक  वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा चार लाख ६० हजार आठ सय १० रूपैयाँ अनियमिता गरेको  प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
     
    विज्ञप्तीमा नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरूको वास्तविक  मूल्यभन्दा बढी मूल्य राखि खरिद गरेको र पाँच प्रकारका औषधीहरू पत्रिकामा प्रकाशित औषधीहरूको मूल्यसूचीभन्दा बाहिरको औषधी खरिद गरेको उल्लेख गरेको छ ।
     
    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (क) बमोजिम करेक्स फर्मासिटीकल्स प्रालिले आव २०७८र०७९ का लागि मिति २०७८ साउन १० गते राष्ट्रिय जन सवाल पत्रिकामा प्रकाशित दुई सय ३७ प्रकारका औषधीहरूको मूल्यसूची )दररेट) मा नबढ्नेगरी उक्त कम्पनीको आधिकारीक विक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रालिसँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधीमध्ये १७ प्रकारका औषधीहरू उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij