हेटौंडा ।प्रहरीले शनिबार विहान करिब सवा ११ बजे करिब ६० किलो अवैध चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अमलेखगञ्ज बारामा प्रबनानि टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटीबाट चाँदी बरामद गरेको हो ।
वागमती प्रदेश ०३–००५ प ३२६ नम्बर स्कुटी चेक गर्दा स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्सबटम बनाइ लुकाइछिपाइ राखिएको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij