Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

ऊर्जा मन्त्री खड्काले नेपाल स्काउटलाई तिर्न पर्ने भाडा नतिरेको कागजातसहितको उजुरी सांसदलाई बाँडियो

ऊर्जा मन्त्री खड्काले नेपाल स्काउटलाई तिर्न पर्ने भाडा नतिरेको कागजातसहितको उजुरी सांसदलाई बाँडियो

  • काठमाडौंँ । संसदीय समितिका सदस्यहरूमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भाडा र जरिवाना नतिरेको उजुरी सहितको कागजाता बाँडिएको छ ।ऊर्जा मन्त्री खड्काले सञ्चालन गरेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापतको भाडा र जरिवाना गरी ७ करोड भन्दा बढी रुपैयाँ नबुझाएको कागजात बाँडिएको हो ।

    नेपाल स्काउटले गत वर्ष माघ १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा खड्का विरुद्धको उजुरीसहितको कागजात बुझाएको थियो ।समितिले अहिलेसम्म त्यो कागजात सांसदहरूलाई बुझाएको थिएन् । समितिले कागजात नबाँडेको समाचारहरू सार्वजनिक हुन थालेपछि कागजात बाँडिएको देखिएको हो ।स्काउटले भाडा नपाएको विषयमा राज्य व्यवस्थाका साथै सार्वजनिक लेखा समितिमा पनि उजुरी दिएको थियो। लेखा समितिले भने अझै चालचुल गरेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij