Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

लिपमोटरको विशेष टेस्ट ड्राइभ कार्यक्रम घोषणा

लिपमोटरको विशेष टेस्ट ड्राइभ कार्यक्रम घोषणा

  • काठमाडौँ । लिपमोटरले नारायणहिटीको  उत्तरढोका काठमाडौंमा विशेष टेस्ट ड्राइभ कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रम २०८१ मङ्सिर ३० देखि पुष ६ सम्म सञ्चालन हुनेछ र सबैका लागि खुला रहने जनाइएको छ।यस विशेष कार्यक्रममा सहभागीहरूले लिपमोटर सी टेन  इलेक्ट्रिक एसयूभीको लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।

    leap motor1.jpeg

    लिपमोटर सी टेन  एक लक्जरी इलेक्ट्रिक एसयूभी गाडी हो । आधुनिक चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर यो निर्माण गरिएको छ। यसमा ६९.९केडब्लुएच एलएफपी ब्याट्री, १६० केडब्लु मोटर पावर, र ३२०एनएम टर्कको क्षमता रहेको छ। यो गाडीले ४२० किमी (डब्लुएलटीपी) दायरा दिनेछ भने १९० मिमि ग्राउण्ड क्लियरेन्सका साथ नेपालको विविध भूभागमा सहज यात्राको लागि उपयुक्त छ। साथै, सी टेनले  ५–स्टार एनसीएपी  सुरक्षा मान्यता प्राप्त गरेको छ । यसले  सबै यात्रुहरूको लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्दछ ।

    leap motor.jpeg

    कार्यक्रममा उपस्थितहरूले स्थानमै वित्तीय व्यवस्थापन र सहज सट्टापट्टाको विशेष सुविधा पनि प्राप्त गर्न सक्नेछन्।ग्राहक–केन्द्रित  समाधानसहित उन्नत इलेक्ट्रिक र इन्धन–कुशल गाडी उपलब्ध गराउने प्रतिबद्धता लिपमोटरले यो टेस्ट ड्राइभ कार्यक्रममार्फत पुनः पुष्टि गरेको छ। यसले अत्याधुनिक प्रविधि र पहुँचको गतिशीलता समाधान प्रदान गर्ने लक्ष्यलाई बलियो बनाएको छ।लिपमोटरले यो टेस्ट ड्राइभको कार्यक्रम मंसिर ३० गतेदेखि ६ पुस सम्म आयोजना गर्नेछ । स्थान भिल्ला ७२ उत्तर ढोका जनाइएको छ । थप जानकारीका लागि सांग्रिला मोटर्स प्रालिमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij