Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी

  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य ९रोयल० विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिनुभयो । 

    उपाध्यक्ष ९समावेशी० मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गर्नुभयो । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गर्नुभयो । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिनुभयो । 

    यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी हुनुभएको छ । 

    महासङ्घ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij