Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

महासङ्घ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित

महासङ्घ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित

  • काठमाडौँ ।नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । 

    कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिनुभयो । 

    यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij