Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

  •  


    काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले मंगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

    लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता, उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । यता, कास्की प्रहरीले रविविरुद्ध अनुसन्धान सकेर सोमबार मात्रै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । 

    हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij