Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेपाल भारत सम्बन्ध जनस्तरसम्म फैलाउन सांस्कृतिक आदानप्रदान गरिने

नेपाल भारत सम्बन्ध जनस्तरसम्म फैलाउन सांस्कृतिक आदानप्रदान गरिने

  • काठमाडौँ ।नेपाल भारतमैत्री सङ्गठनले दुवै मुलुकको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म फैलाउन धार्मिक भ्रमण तथा सांस्कृतिक आदानप्रदान गर्ने भएको छ । 

    यहाँ आज आयोजित कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष अनुप सिंहले दुई देशबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुमधुर बनाउनका लागि दुई मुलुकका नागरिक तहमा भाषा, साहित्य तथा संस्कृतिको आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

    काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले दुई देशको खुला सिमानाले जनस्तरको भाषिक, वैवाहिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई सहज बनाएको विचार व्यक्त गर्नुभयो । उहाँले सुरक्षा संवेदनशीलता, सीमा विवादलाई समाधान गरी दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
     
    सङ्गठनका महासचिव सम थापाले सङ्गठनले दुवै मुलुकका तीर्थयात्रीको सुविधाका लागि दुई देशका महत्वपूर्ण तीर्थस्थलमा धर्मशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो । सङ्गठनले राजनीतिक मुद्दा र सीमा विवादले जनताबीचमा बढ्दो नकारात्मक भावनालाई न्यूनीकरण गर्न प्रदेशस्तरीय सभा सम्मेलनसमेत गरिने उहाँले बताउनुभयो । 

    कार्यक्रममा निर्मला श्रेष्ठको अध्यक्षतामा सङ्गठनको काठमाडौँ जिल्ला कार्यसमिति गठन गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij