Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बोटलर्स नेपालको रोक्का शेयर कारोबार फुकुवा

बोटलर्स नेपालको रोक्का शेयर कारोबार फुकुवा

  • काठमाडौँ ।  बोटलर्स नेपालको शेयर कारोबारमथि लगाइएके प्रतिबन्ध हटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धता बोटलर्स नेपालको तर्फबाट प्राप्त गरेपछि उसको रोक्का गरिएको कारोबार फुकुवा गरेको जनाएको हो ।

    धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो । रोक्का गरी नेप्सेले उक्त कम्पनीलाई ३ दिनभित्र स्पष्टिकरण सोधेको थियो । त्यसपश्चात  कम्पनीले आगामी दिनमा गल्ती नदोहो¥याउने जनाउँदै  नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने भनी गरिएको व्यवस्था रहेकोले उक्त विनिमयमा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij