Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

महिला अध्यक्षको नाउँमा मोनिकाले गरिन् रक्तदान

महिला अध्यक्षको नाउँमा मोनिकाले गरिन् रक्तदान

  • सिरहा । नेपाल पत्रकार महासंघको केन्द्रीय  अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएको खुशीमा सिरहाकी मोनिका शर्माले रक्तदान गरेकी छिन् ।  सरसफाई अभियानको क्रममा धरान पुगेकी मोनिकाले निर्मला शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको जानकारी पाउना साथ रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले संचालन गरेको रक्तदान केन्द्रमा गएर मोनिकाले रक्तदान गरिन् । ‘निर्मला परिचित छैनौं तर पत्रकारिता क्षेत्रमा पहिला निर्वाचित भएपछि मलाई धेरै खुशी लाग्यो,’उनले भनिन्, ‘महिलाले पनि सर्वहितमा परिवर्तनकारी काम गर्न सक्छ भन्ने झल्को दिने अभिप्रायले रक्तदान गरेको छु ।’ पत्रकारिता पेशामा काम गर्दै गरेको र आउने नवप्रवेशी महिलालाई काम गर्न सहज वातावरण सृजना हुने विश्वास जागेको उनले बताइन् ।

    ‘परिवर्तनको पक्षमा समाजका लागि गरिने पत्रकारिता एक उच्चतम् पेशा हो,’थप्दै उनले भनिन्,‘पत्रकारिता गर्दै आएको सन्दर्भमा महासंघको केन्द्रीय अध्यक्षमा महिला निर्वाचित भएपछि काम गर्न थप उर्जा आएको अनुभुति भएको छ ।’ संस्थामा काम गर्दै पत्रकारिता पेशामा प्रवेश गरेकी मोनिका सिरहाको विभिन्न रेडियो, टेलिभिजन र पत्रिकामा काम गर्दै हाल काठमाण्डौंमा बसेर समाजसेवा तथा पत्रकारितामा क्रियाशिला रहेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij