Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

एनएमबि बैंक र यूएसएआइडीद्वारा पोखराका पर्यटन उद्यमीका लागि  डिजिटल वित्तीय साक्षरता कार्यक्रमको आयोजना

एनएमबि बैंक र यूएसएआइडीद्वारा पोखराका पर्यटन उद्यमीका लागि  डिजिटल वित्तीय साक्षरता कार्यक्रमको आयोजना

  • काठमाडौं। एनएमबि बैंकले पोखरामा साना तथा मझौला उद्यम र लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।बैंकले अमेरिकाको दातृ नियोग एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआइडी) सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

    कार्यक्रममा एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो। सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए। आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij